Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा मनकामना मन्दिरको फोहोर व्यवस्थापन गर्न डस्टविन सहयोग


2.3K
Shares

गोरखा मनकामना मन्दिरको फोहोर व्यवस्थापन गर्न डस्टविन सहयोग

गोरखा, १२ भदौ । गोरखा जिल्लाकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिषर्मा हुने फोहोर व्यवस्थापनका लागि मनकामना क्षेत्र विकास समितिलाई डस्टविन सहयोग प्रदान गरिएको गरिएको छ । लायन्स क्लब अफ मनकामनाले मन्दिर परिषर्मा निस्कने फोहोरको उचित व्यवस्थापनका लागि मनकामना क्षेत्र बिकास समितिलाई डस्टविन प्रदान गरिएको क्लबका अध्यक्ष मनोज जोसीले जानकारी दिनुभयो ।

‘मन्दिरमा पुजाआजाका लागि आउने भक्तजनहरुले ल्याउन फुल प्रसाद लगायतका अन्य सामग्री फोहोर रुपमा यत्रतत्र फाल्दा मन्दिरको सौन्र्दयता बिग्रदै जान्छ, उहाँले भन्नुभयो, ‘मन्दिर परिषर प्रदुसित हुन नदिन र परिषर क्षेत्रमा निस्कने फोहोर व्यवस्थापनका लागि १० थान डस्टविन क्षेत्र बिकासलाई प्रदान गरिएको हो ।’

क्लबले प्रदान गरेको डस्टविन मध्ये ५ वटामा कहिने फोहोर ५ वटामा नकुहिने फोहोर संकलन गरेर व्यवस्थापन गर्न सकिने अध्यक्ष जोसीको भनाई छ ।

क्लबका डिस्ट्रिक ३२५ एल आइपिडिजी लायन मणिरत्न शाक्यले मनकामना क्षेत्र विकास समितिलाई उपलब्ध गराउनु भएको डस्टविन क्लबले आफने सामाजिक दायित्व अन्तरगत सोमवार वितरण गरेको जनाएको छ ।

सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल रहेको क्लवले यसअघि मनकामनामा रक्तदान कार्यक्रमका साथै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो । प्रसिद्ध धार्मिकस्थल मनकामना क्षेत्रको फोहोर व्यवस्थापनका लागी सहिद लखन गाउँपालिकाले गुरु योजना नै निर्माण गरेर काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology