Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग खेल्ने


1.8K
Shares

विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग खेल्ने

काठमाडौं,१० भदौ । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । ३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा उपाधि जितेको छ ।

नेपाली टिमले हाल तयारी स्वरुप टिममा रहेका खेलाडी कुन खेलाडी कुन ठाउँमा फिट हुन्छन् भन्ने परिक्षण चलिरहेको प्रशिक्षक सामसन जंग थापाले बताउनुभयो । ‘हामीले चारदेशीय सिरिजको उपाधि जित्यौं पुन तयारी स्वरुप हामी २८ तारिख थाइल्यान्डसँग खेल्दैछौं’, मलेसियामा रहेका प्रशिक्षक थापाले भन्नुभयो ।

नेपालको टोली

रुबिना क्षेत्री कप्तान, सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, बिन्दु रावल, पुजा महतो, अस्मिना कर्मचार्य, खुसी ढंगोल,इश्वरी विष्ट, सम्झना खड्का , अप्सरी बेगम, कविता कुँवर, कविता जोशी र रुवी पोदार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology