Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

दैनिक उत्थान साकोसको अध्यक्षमा श्रेष्ठ चयन


2.2K
Shares

दैनिक उत्थान साकोसको अध्यक्षमा श्रेष्ठ चयन

 सदरमुकाममा आज भएको दैनिक उत्थान बचत तथा ऋण सहकारी संस्थाको अधिवेशनले बावुराम श्रेष्ठलाई र्निविरोध अध्यक्ष चयन गरेको छ । संस्थाको ५औं साधारण सभा तथा दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्य कार्य समिति समेत सर्व सम्मत रुपमा चयन गरेको छ ।

जसको उपाध्यक्षमा ओम श्रेष्ठ, सचिवमा मोहन बिष्ट र कोषाध्यक्षमा शरोज पोख्रेललाई सर्व सम्मत चयन गरेको हो । त्यस्तैगरी कार्य समितिका अन्य सदस्यहरुमा दुर्गा अधिकारी, सिताराम तिवारी, उमेश अर्याल, सन्तमायाँ श्रेष्ठ र बिण्णु पाण्डे चयन भएको संस्थाका सचिव विष्टले जानकारी दिनुभयो ।

शनिबार भएको अधिवेशनमा तात्कालिन सचिव ओम श्रेष्ठ र कोषाध्यक्ष शरोज पोख्रेलले प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरेका थिए । अधिवेशनमा पेश गरिएको दुवै प्रतिवेदन सर्व सम्मत रुपमा पास गरिएको थियो ।

अधिवेशनले समान प्रकृतिको अर्को कुनै साकोस संग मर्ज गर्ने निर्णय गरेको अध्यक्ष बावुराम श्रेष्ठले जानकारी दिनुभयो । २५७ सदस्यीय रहेको साकोसले गएको आर्थिक बर्षमा ८ लाख ६७ हजार ६४८ रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको कोषाध्यक्ष शरोज पोख्रेलले जानकारी दिनुभयो ।

आजै भएको अधिवेशनले लेखा सुपेरिवेक्षण समितिको संयोजकमा कृण्णप्रसाद पोख्रेलको संयोजकत्वमा राममायाँ श्रेष्ठ र आशिष श्रेष्ठ सदस्य रहेको समिति पनि सर्व सम्मत रुपमा चयन गरेको छ ।

त्यसका साथै शिक्षा समितिको संयोजकमा कार्य समितिका सदस्य दुर्गा अधिकारीलाई संयोजक राखेर मिनादेवी श्रेष्ठ र माधवबहादुर थापा सदस्य रहेको समिति समेत चयन गरेको छ ।

उता ऋण उपसमितिमा कार्य समिति सदस्य उमेश अर्याललाई संयोजक राखेर विशाल श्रेष्ठ र गोमा श्रेष्ठ रहेको समितिलाई समेत पूर्णता प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology