Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गण्डकी गाउँपालिकामा न्वाँगी पर्वको अवसरमा सार्वजनिक विदा दिने


2.3K
Shares

गण्डकी गाउँपालिकामा न्वाँगी पर्वको अवसरमा सार्वजनिक विदा दिने

गोरखा, ८ भदौ । गोरखाको गण्डकी गाउँपालिकाले चेपाङ समुदायको सवैभन्दा ठूलो पर्व न्वाँगी (छोनाम) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यहीँ भदौ २२ गते परेको न्वाँगी पर्वमा असवरमा गाउँपालिकाले सावर्जनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिपक तिमेल्सिना (साकार) ले जानकारी दिनुभयो । सार्वजनिक विदाका दिन पालिका अन्र्तगतका सवै सरकारी तथा पालिका भित्रका गैह्रसरकारी कार्यालयका सेवा बन्द रहने गाउँपालिकाले जनाएको छ । न्वाँगी पर्वका अवसर पारेर गाउँपालिकाको आयोजनामा बिशेष कार्यक्रम समेत गरिने भएको छ ।

कार्यक्रममा चेपाङ जातिको सास्कृतिक झाकी प्रदर्शन, सास्कृतिक नृत्य, गीत लगायतको प्रर्दशन र प्रस्तुती रहने गाउँपालिका अध्यक्ष तिमेल्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुन चाहाने समूहलाई दर्ता गर्नको लागि भदौ १५ गतेसम्म समुह दर्ता गर्नका लागि गाउँपालिकाले आज सूचना मार्फत आवहन समेत गरेको छ । न्वाँगी पर्वमा अवसरमा गाउँपालिका भित्र बसोबास गर्ने चेपाङ समुदायको विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा उल्लेखनीय योगदान गर्ने व्यत्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै उत्कृष्ट झाँकी प्रर्दशनी गर्ने समुहलाई पुरस्कृत गरिने सूचनमा उल्लेख छ । गोरखाको गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकामा चेपाङ समुदायमा बाहुल्यता रहेको गाउँपालिका हो । गण्डकी गाउँपालिकाको वडा न १, २, ६ र ७ मा चेपाङ जातिको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology