Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको धार्चे गाउँपालिकामा बुढीगण्डकी कटानले छात्राबासमा क्षति पुगेपछि विद्यालयमै विद्यार्थीको बास


1.8K
Shares

गोरखाको धार्चे गाउँपालिकामा बुढीगण्डकी कटानले छात्राबासमा क्षति पुगेपछि विद्यालयमै विद्यार्थीको बास

गोरखा, ६ भदौ । लगातारको बर्षाले उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापुबेसीमा रहेको सामुदायिक विद्यालयको छात्राबास भाँसिएर चर्किएपछि विद्यार्थीहरु विद्यालयमै बास बस्न बाध्य भएका छन् । गण्डकी प्रदेशको नमुना विद्यालयको रुपमा रहेको लापुबेसी स्थित श्री प्रभात किरण माध्यामिक विद्यालयको छात्रावास भवन केही दिनदेखि परेको भारी बर्षाले भाँसिएर चिराचिरा परेको वडाध्यक्ष राकेश गुरुङले जानकारी दिनुभयो ।

भवन भाँसिएपछि छात्रावासमा बसेर अध्ययन गर्दै आएका ३४ जना छात्राहरुलाई सोमबारदेखि विद्यालयको कक्षाकोठमा सारेर बस्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानध्यापक जीतबहादुर गुरुङले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई विद्यालयको कक्षाकोठामा बस्ने व्यवस्था मिलाएपछि पढाउनका लागि कक्षाको अभाव भएको छ ।

‘होस्टलमुनी बुढीगण्डकी नदी बग्ने भएकाले बर्षाका कारण नदीमा आएको बाढीले जमिन मुनीको सतह कटान गर्दै गएपछि छात्राबास भवन रहेको जमिन पनि भाँसिएको हो, उहाँले भन्नुभयो, ‘भवन भाँसिएर चर्किएपछि तत्काल विद्यार्थीहरुलाई छात्राबासबाट विद्यालयमा सारिएको छ ।’ छात्राबाससंगै रहेको एउटा पक्की घर भने गतबर्ष नै बुढीगण्डकी नदी बगाएर लगेको थियो ।

यसपटक भने नदीले छात्राबासलाई पनि क्षति पु¥याएको प्रधानध्यापक गुरुङले बताउनुभयो । विद्यालयको भवनमा विद्यार्थीहरुलाई आवासको व्यवस्था मिलाइएको भएपनि खानाखाजाका लागि भने टाढा जानुपर्ने बाध्यता भएकाले कठिनाई भएको प्रधानध्यापक गुरुङले बताउनुभयो ।

उहाँले अर्को होस्टल निर्माण नभएसम्म अव विद्यार्थीहरुलाई अन्यत्र राख्ने ठाउँ नभएको उहाँको भनाई छ । ‘विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै होस्टलको व्यवस्था रहेको थियो, प्रधानध्यापक गुरुङले भन्नुभयो, ‘छात्रहरु बस्ने होस्टल भने सुरक्षित रहेको छ ।’

प्रभातकिरणको छात्रावासमा धार्चेको उहिया, लाक्पाल, चुमनुव्री गाउँपालिकाको सल्लेरी, जगत, भालुवाङ, लगायतका ठाउँका विद्यार्थी आवासीय सुविधासहित अध्ययन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology