गोरखा ६ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।
काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।
उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।