गोरखा, ५ भदौ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर– ७ ले वडा भित्रका ४ वटा बिद्यालयका २५० जना भन्दा बढि बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
वडाले गत आर्थिक बर्ष २०७९÷०८० को शौक्षिक कार्य योजना अनुसार शहिद स्मृती माध्यामिक विद्यालय, चण्डीका आधारभुत विद्यालय, लखन थापा प्राथमिक विद्यालय र मकैपुर प्राथमिक विद्यालयका विद्यार्थीलाई बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यार्थीलाई सामुदायीक विद्यालयमा आर्कषण गराउन र शौक्षिक क्षेत्रमा टेवा पु¥याउने उदेश्यले बालकक्षा देखि पाँच कक्षा सम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको उहाँले बताउनुभयो । विद्यार्थीहरुलाई झोला कापि इरेजर, पेन्सिल, डटपेन र जोमेडिबक्स बितरण गरिएको छ ।