Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बारपाकमा अर्गानिक तरकारी संकलन केन्द्र


2.5K
Shares

बारपाकमा अर्गानिक तरकारी संकलन केन्द्र

गोरखा, ५ भदौ । गोरखाको बारपाकमा अर्गानिक तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । बारपाक सुलिकोट गाउँपालिका–२, स्थित मान्द्रेमा मान्द्रे क्षेत्रका कृषकहरुले उत्पादन गर्दै आएका अर्गानिक तरकारी संकलन गरी व्यवस्थित रुपमा बजार व्यवस्थापनका लागि संकलन केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

बारपाक क्षेत्र तरकारी उत्पादनका लागि राम्रो सम्भावना बोकेको क्षेत्रपनि भएकाले त्यस क्षेत्रमा उत्पादित अर्गानिक तरकारीको बजारसम्म पु¥याउनका किसानले उत्पादन गरेको तरकारी एकै ठाउँमा संकलनको व्यवस्था मिलाउनका लागि बारपाक ग्रामिण बजार तथा संकलन केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो ।

‘किसानलाई प्रोत्साहन गर्न सके तरकारी उत्पादनबाट किसानको आर्थिक आयआर्जनमा राम्रो बृद्धि गर्न सकिन्छ, अध्यक्ष भट्टले भन्नुभयो, बारपाक पर्यटकिय क्षेत्रपनि भएकाले कृषि र पर्यटनलाई संगसंगै जोडेर लैजाने उद्देस्य सहित तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

संकलन केन्द्रमा बारपाकका किसानहरुले उत्पादन गरेका तरकारी संकलन गरी बारपाक गाउँ, गोरखा बजार लगायत अन्य बजारमा पनि बक्रिका लागि पठाइने बारपाक ग्रामिण बजार तथा संकलन केन्द्रका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो । केन्द्रमा हुईचे कृषि समुह, अलगम कृषि समुह, मान्द्रे कृषि समुह र दरगाउँ थैलीडाँडा कृषक समुहले उत्पादन गरेका तरकारी संकलन गर्न थालिएको उहाँले बताउनुभयो ।

‘यो क्षेत्रमा गोलभेडादेखी काँक्रोसम्म लगायतको राम्रो उत्पादन हुन्छ’ अध्यक्ष गरुङले भन्नुभयो, ‘यहाँ उत्पादित अर्गानिक तरकारी संकलन केन्द्र मार्फत पहिलोपटक बिक्रीका लागि गोरखा बजार पठाउन लागिएको छ ।

मान्द्रे क्षेत्रमा तरकारी तर्फ गोलभेडा, काउली, बन्दा, सिमी, घिरौला, खुर्सानी, काक्रो, फर्सी, लौका, कागती, चिचिन्डा, भेन्टा उत्पादन हुदै आएको छ भने फलफुल तर्फ अब्बा, निवुवा, कागती, केराहरु उत्पादन हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology