Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सब डिभिजन कार्यालयमा राखिएका सवारी साधनमा आगजनी


1.7K
Shares

सब डिभिजन कार्यालयमा राखिएका सवारी साधनमा आगजनी

रौतहट,२ भाद्र । डिभिजन वन कार्यालय रौतहट अन्तर्गत गुजरा नगरपालिका वार्ड नम्बर ३ मा रहेको सबडिभिजन चोचामा राखिएका सवारी साधनहरुमा आगजनी भएको छ ।

ग‌एराति अज्ञात समूहले कार्यालयभित्र राखिएका कर्मचारी मोटरसाइकल र पिकअप भ्यानमा आगजनी गरेको सब(डिभिजनका जमदार जगदीश हजाराले जानकारी दिनुभयो ।

ग‌एराति आफुहरु ड्युटी गरेर राति ११ बजेतिर सुतेको र एक्कासि झ्यालबाट हेर्दा आगोको मुस्लो देखेको हजाराले बताउनुभयो । उहाँका अनुसार सो समुहले हजाराको एउटा, जमदार उपेन्द्र यादवको एउटा र अर्को एउटा गरेर तीनवटा मोटरसाइकल र एउटा पिकअप भ्यानमा आगजनी गरेका हुन् ।

आगलागीबाट सबै सवारीसाधन काम नलाग्ने गरी जलेको उहाँले बताउनुभयो । आगलागी गरिएको पिकअप भ्यान केही महिना अगाडि गस्ती टोलीले काठ सहित पक्राउ गरेको कार्यालयले जनाएको छ । आगलागी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology