Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

चुमनुब्रीको जगतमा दुई घर पहिरोको उच्च जोखिममा


1.3K
Shares

चुमनुब्रीको जगतमा दुई घर पहिरोको उच्च जोखिममा

गोरखा, १ भदौ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको जगतमा दुई घर पहिरोको उच्च जोखिममा परेको छ । बिहिबार राती परेको बर्षाले वडा नम्बर ३ स्थित जगतको टैचेत भन्ने ठाँउमा दुई घर पहिरोको जोखिममा परेको जगत प्रहरी चौकीका प्रमुख प्रहरी साहायक निरीक्षक छविलाल अक्षामीले जानकारी दिनुभयो ।

बर्षाका कारण घरमुनी रहेको सडक भाँसिएर एक ठाउँमा रहेका दुवै घर पहिरोको जोखिममा परेको उहाँको भनाई छ । ‘स्थानीबासी पूर्णबहादुर गुरुङ र दिलमाया गुरुङको घर पहिरोमा जोखिममा परेको हो, उहाँले भन्नुभयो, ‘थप एकझर पानी प¥यो भने दुवै परिवार विस्थापित हुनुपर्ने अबस्था छ ।’

पहिरो जोखिममा परेका घरहरुको स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली पुगेर स्थलगत अवलोकन समेत गरिसकेको उहाँले बताउनुभयो । ‘जोखिममा परेका घरका बारेमा जानकारी सम्बन्धित निकायलाई गराई सकिएको छ, प्रहरी साहायक निरीक्षक अक्षामीले भन्नुभयो, ‘थप क्षति हुन नदिन आवश्यक पहल भइरहेको छ ।

मुख्य कच्ची सडकसंगै रहेको उक्त घरहरु सडक पहिरो गएका कारण जोखिममा परेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology