Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लायन्स क्लब अफ गोरर्खाकालीद्वारा २ बिद्यालयलाई सामाग्री बितरण


2.4K
Shares

लायन्स क्लब अफ गोरर्खाकालीद्वारा २ बिद्यालयलाई सामाग्री बितरण

गोरखा, ३२ साउन । लायन्स क्लब अफ गोरर्खाकालीकाले सदरमुकाममा रहेको २ वटा स्कुललाई सामाग्री बितरण गरेको छ । क्बलले महेन्द्र ज्योति मावि र बज्रभैरब प्राविलाई पानी शुद्विकरण मेशिन र स्टेशनरी सामाग्री बितरण गरेको हो ।

क्लबले मंगलबार गोरखा नगरपालिका–६ दरर्बार मार्गमा रहेको महेन्द्र ज्योति माविलाई पानी शुद्विकरण गर्ने युरोगार्ड मेसिन हस्तान्रतण गरेको थियो भने बुधबार गोरखा नगरपालिका–४ को फिनाममा रहेको बज्रभैरव प्राविमा अध्ययनरत १८ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरेको अध्यक्ष कमला श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार महेन्द्र ज्योतिमा बिद्यार्थीहरु धेरै भएको र पानी शुद्विकरण मेशिनको अभाव देखिएको मेशिन प्रदान गरिएको र बज्रभैरवमा शैक्षिक सामाग्री अभाव देखिएकोले सोही अनुसार सामाग्री बितरण गरिएको हो ।

बज्रभैरवमा अध्ययनरत बिद्यार्थीहरुको लागि क्लबले कपी, पन्सिल, इलेजर, कटर, कलर, बल तथा चार्टहरुका साथै अन्य शैक्षिक सामाग्री प्रदान गरिएको जनाएको छ ।

शैक्षिक सामाग्री बितरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा क्लबका प्रतिनिधीहरुको उपस्थिती रहेको लायन्स क्लब अफ गोरर्खाकालीकाले जनाएको छ ।

दुवै स्कुलमा गरी ३७ हजार बरावरको सामाग्री हस्तान्तरण गरिएको पनि क्लबले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology