गोरखा, ३२ साउन । रोटरी क्लब अफ बज्र मनास्लुले आज गोरखा क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको सहजताको लागि पानी राख्ने जार सहयोग गरेको छ । क्लबले आज बिहीबार १५ सेट पानी राख्ने जार र बोटल सहयोग उपलब्ध गराएको हो ।
बिद्यार्थीलाई पानी पिउन समस्या भएको भन्दै क्याम्पसले जानकारी गराए पछि उक्त सामाग्री उपलब्ध गराईएको क्लबका अध्यक्ष शिशुबावु प्रधान शिशिरले जानकारी दिनुभयो । ‘धेरै बिद्यार्थी भएको र पानी पिउनका लागि टाढा जानुपर्ने बाध्यता रहेको’ भन्दै अध्यक्ष प्रधानले ‘कक्षा कोठामा नै पानी पिउन सहज होस भनेर पानीका जार र बोटलहरुहरु सहयोग गरेको बताउनुभयो ।’
क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले कक्षा कोठा भन्दा २÷३ सय मिटर टाढा पुगेर पानी पिउनु पर्ने बाध्यता थियो । क्लबले आज उक्त सामाग्री दिए पछि भने अब कक्षा कोठामा नै पानी पिउन सहज हुने क्याम्पस प्रमुख रामशरण बानियाँले बताउनुभयो ।
क्लबले १५÷१५ सेट पानी राख्ने जार, डिस्पेन्सर र टुल उपलब्ध गराएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । उक्त सामाग्री बिहीबार एक कार्यक्रम बिच क्लबका अध्यक्ष प्रधानले क्याम्पस प्रमुख बानियाँलाई हस्तान्तरण गर्नुभएको हो ।
क्याम्पसलाई उपलब्ध गराईएको उक्त सामाग्री १८ हजार मुल्य बरावरको भएको क्लबले जानकारी दिएको छ । हस्तान्तरण कार्यक्रममा क्याम्पसका प्राध्यापक, साहायक प्राध्यापक, शिक्षक कर्मचारीहरु,बिद्यार्थीहरु ,क्लबका पूर्व अध्यक्ष, सहितका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।