Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा सुस्त मनस्थितीकी महिलालाई बलात्कारको आरोपमा एक पक्राउ


6.1K
Shares

गोरखामा सुस्त मनस्थितीकी महिलालाई बलात्कारको आरोपमा एक पक्राउ

गोरखा, ३२ साउन । गोरखामा सुस्त मनस्थितीको महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिालाई प्रहरीले पक्राउ गरेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर १ घर भएका ३५ बर्षका राजेश सुवेदीलाई सोही ठाउँकी ‘ग कुमारी’ (नाम परिवर्तन) लाई गएको साउन २६ गते शुक्रबार ललाई फकाई आफ्नै कोठामा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पिडितका आमाले प्रहरीमा किटानी जाहेरी दिए पछी आरोपित सुवेदीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । पक्राउ परेको सुवेदी बिरुद्व प्रहरीले जबरजस्ती करणी कसूर शिर्षकमा मुद्वा दर्ता गरी बुधबार गोरखा जिल्ला अदालतबाट अनुसन्धान लागि म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आरोपितलाई म्याद थप गराई प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology