Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कि इन्टरटेन्मेन्टले ल्यायो ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०


2.1K
Shares

कि इन्टरटेन्मेन्टले ल्यायो ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०

काठमाडौंँ, ३१ साउन । ‘कमेडी क्लब विथ च्याम्पियन्स’ असारको अन्तिम साताबाट बन्द भयो । दर्शकमाझ लोकप्रिय यो शो बन्द हुने बितिक्कै यसैको नाममा केही कलाकार थपिएर अर्थात ‘कमेडी क्लब विथ च्याम्पियन्स २।०’ नामबाट अर्को शो आएको छ ।

कि इन्टरटेन्मेन्टले अधिकांश नयाँ कलाकार लिएर यो शो सुरु गरेको हो । यमन श्रेष्ठको सञ्चालन रहेको ‘शो’ को पहिलो भाग अभिनेता राजेश हमाल अतिथीको रुपमा सहभागी छन् । मंगलबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक भएको शोमा अध्यक्ष भने हाँस्यकलाकार राजाराम पौडेल बनेका छन् ।

यस अगाडि विशाल भण्डारीले निर्माण गरेको शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ भन्दा यो शो कमजोर भएको प्रतिक्रिया दर्शकले दिएका छन् । कतिपयले शो पहिले देखिदैै आएका सुमन कार्की, कलास कार्की लगायत कलाकारलाई पुन ल्याउनुपर्ने माग गरेका छन् ।

शोमा रोशन सुवेदी, अजय रेग्मी, दोरेश खतिवडा, सुचित्रा उप्रेती, अर्पण तामाङ लगायका कलाकारको अभिनय छ । संगीत सापकोटाको लेखन रहेको शोका निर्देशक ज्ञानेन्द्रराज मिश्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology