Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा विवाहको बिषयमा विवाद हुँदा खुकुरी प्रहारबाट एक गम्भीर घाइते


9.2K
Shares

गोरखामा विवाहको बिषयमा विवाद हुँदा खुकुरी प्रहारबाट एक गम्भीर घाइते

गोरखा, ३१ साउन :  गोरखामा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थित भण्डारी गाउँमा विवाहको बिषयमा विवाद हुँदा खुकुरी प्रहारबाट स्थानीय ४५ बर्षका बुद्धबहादुर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘घाइते गुरुङको बाँया कानभन्दा तलको भागमा गम्भीर चोट लागेको छ, डिएसपी श्रेष्ठले भन्नुभयो, ‘उहाँको अहिलेका काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’ केटा र केटी पक्षका परिवार बिच पूर्वसहमति अनुसार ३० गते राती बाह्रबजे मध्यरातको समयमा विवाहका लागि दुहली लिन गएकोमा केटीले विवाह गर्न नमानेपछि दुई पक्ष बिच विवाद भएको उहाँको भनाई छ ।

विवाद बढ्दै जाँदा केटी पक्षका रामबहादुर गुरुङले कुखुरी झिकेर हान्न खोजेपछि रोक्ने क्रममा बुद्धकुमार माथि खुकुरी लागेर गम्भीर घाइते भएको डिएसपी श्रेष्ठको भनाई छ । भण्डारी गाउँका २० बर्षकी युवती र सिम्भुका ३१ बर्षका युवाबिच परिवारले विवाहको टुङ्गो लगाएपछि केटा पक्ष दुहली लिन पुगेका थिए ।

खुकरी प्रहार गर्ने रामबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology