Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

‘क्वार्ज क्रिष्टल’ गोरखामै राख्न पहल गरिदिन माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र


2.7K
Shares

‘क्वार्ज क्रिष्टल’ गोरखामै राख्न पहल गरिदिन माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र

गोरखा, ३० साउन । गोरखा नगरपालिकाले प्रहरीले बरामद् गरी जिल्ला प्रहरी कार्यालय गोरखामा बिशेष सुरक्षाका साथ राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिषरमा राख्ने व्यवस्था मिलाइदिन माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लाका जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि तथा बिभिन्न संघसंस्थाका प्रतिनिधि सहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेर नगरप्रमुख कृष्णबहादुर रानामगरले प्रधानमन्त्री दाहाललाई टल्कने ढुङगा गोरखा दरबारमा नै राख्नका लागि आबश्यक पहल गरिदिन मागगर्दै ज्ञापन पत्र बुझाउनु भएको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिनुभयो ।

‘गोरखा नगरपालिका–७, सतिपिपल स्थित चन्द्रबहादुर शाहीको घरबाट गएको असार १४ गते बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टी गरिसकेको छ, ‘ज्ञापन पत्रमा भनिएको छ, ‘शाही परिवारले पुर्खौदेखि कुल देवताको रुपमा पुजा गर्दै आएको अलौलिक शिला गोरखा दरबारमा नै प्रतिस्थापन गर्नु उपयुक्त हुन्छ ।’ प्रधानमन्त्री दाहाललाई बुझाइएको ज्ञापन पत्रमा गोरखा नगरकार्यपालिका बैठक तथा नगरपालिका सहित बिभिन्न संघसंस्था र सरोकारवालाहरुको बैठक बसेर टल्कने ढुङ्गा जिल्ला बाहिर पठाउन नहुने र गोरखा दरवार परिषरमा नै आवश्यक सुरक्षा सहित राख्ने निर्णय गरिसकेको उल्लेख गरिएको छ ।

गोरखा जिल्लाका आमनागरिक समाज, बुद्धिजीवि, संघसंस्था, राजनैतिक दल तथा सरोकारवाला सवैको मागलाई मध्यनजर गरी जनभावना अनुसार क्वार्ज क्रिष्टल (अलौकिक शिला) धार्मिक आस्थासंग पनि जोडिएको हुँदा गोरखकाली मन्दिर परिषरमा राख्नका लागि आवश्यक सहयोगका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र मार्फत अनुरोध गरिएको उपप्रमुख थोकरले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्नु हुदैँ प्रधानमन्त्री दाहालले गोरखामा भेटिएको क्वार्ज क्रिष्टल गोरखामा नै राख्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।

त्यस्तै आजै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि उहाँकै सरकारी निवासमा भेटेर क्वार्ज क्रिष्टल गोरखामा राख्न प्रतिनिधि मण्डले माग गरेको छ । खानी तथा भुगर्भ विभागले बरामद गरिएको क्वार्ज क्रिष्टल खानी तथा भुगर्भ विभागमा पठाउन जिल्ला प्रसासन कार्यालयलाई सुझाव दिएपछि गोरखा नगरपालिका सहित जिल्ला भित्रका बिभिन्न संघसंस्थाहरुले कुनैपनि हालतमा बाहिर पठाउन नहुनेमा जोड दिदै आएका छन् । गोरखा नगपालिका गोरखाले बैठक नै बसेर प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरवार परिषरमा राख्ने निर्णय गरिसकेको छ ।

शाही परिवारले पनि आफ्नो धार्मिक आस्थाको रुपमा रहेको अलौकिक शिला ‘क्वार्ज क्रिष्टल’लाई गोरखकाली मन्दिर परिषर भित्रै नै राख्नुपर्ने र आफुहरुले चाहेका बेला समयसमयमा पुजा गर्न पाउनुपर्ने इच्छा व्यक्त गर्दै आएको छ । गोरखाबासीहरुले खानी तथा भूगर्भ विभागमा राखेपनि पनि क्वार्ज क्रिष्टल राज्य कै हुने र गोरखा दरबारमा राखेपनि पनि राज्यकै सम्पत्तिको हुने भएकाले औलौकिक शिला गोरखा दरवारमा राख्नुपर्ने भन्दै यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनलाई समेत थप सहयोग पुग्ने बताउदै आएका छन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology