Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाढीले बगाउँदा एकजना बेपत्ता


1.6K
Shares

बाढीले बगाउँदा एकजना बेपत्ता

दाङ, २८ साउन । एक वृद्धलाई बाढीले बगाएको छ । घरबाट हिँडेका घोराही उपमहानगरपालिका–११ निवासी ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएको हो । घरनजिकै रहेको खोलामा शौच गर्न बसेका विकलाई माथिबाट आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

वृद्धको छाता,चश्मा र लठ्ठी प्रहरीले फेला पारेको छ । बिहान करिब साढे ८ बजे बगेका विकको प्रहरीले अहिले खोजतलासको काम जारी राखेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

गएराति परेको अविरल वर्षाका कारण दाङका खोलाहरुमा बाढी आउनुका साथै पानीको सतह अत्याधिक बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology