Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

टंक बुढाथोकीले ल्याए सात भाषामा नयाँ गीत ‘धन्यवाद’


1.5K
Shares

टंक बुढाथोकीले ल्याए सात भाषामा नयाँ गीत ‘धन्यवाद’

काठमाडौं, २८ साउन । गायक तथा संगीतकार टंक बुढाथोकी गीतमा नयाँ नयाँ प्रयोग गरिरहन्छन् । उनले आफ्नो पछिल्लो गीतलाई सात भाषामा सार्वजनिक गरेका छन् । ‘धन्यवाद’ बोलको गीतलाई उनले नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सात भाषामा सार्वजनिक गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले गीतको भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीतका सातवटै भिडियो ‘टंक बुढाथोकी’ युट्युब च्यानलमा राखिएको छ ।

गीतमा शब्द र संगीत पनि टंककै छ भने उनलाई गायनमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । टंक र अन्नुको यो पहिलो सहकार्य हो । गीतको भिडियोमा राहुल शाह र समिश्रिका परियारको नृत्य तथा अभिनय छ । थारु भाषाको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नु स्वयंले अभिनय रहेका छन् ।

गायक तथा संगीतकार बुढाथोकीले एक वर्षदेखि यो गीतका लागि मेहनत गरेको बताए । उनले कलाकारको हैसियतले आफ्नो तर्फबाट सानो प्रयास गरेको बताउँछन् ।

गीतको ६ वटा भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादन पवन सुस्लिङले गरेका छन् । थारु भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology