Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उत्तरी गोरखाको झोङ गाउँमा पहिराले १० घर जोखिममा


1.4K
Shares

उत्तरी गोरखाको झोङ गाउँमा पहिराले १० घर जोखिममा

गोरखा, २८ साउन । पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पार स्थित झोङ गाउँका १० घर जोखिममा परेको छ । गएको केहि दिनदेखि लगातार परेको अविरल बर्षाका कारण माथिबाट पहिरा झरेपछि झोङ गाउँका झोङ गाउँमा रहेका घरहरु जोखिममा परेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

पहिरासंगै आएको ढुङ्गा सहितको लेदो घरमा पसेर क्षति पु¥याएको उहाँको भनाई छ । लेदो घरमा पसेपछि घर भित्र रहेका खाद्यान्य, लत्ताकपडा लगायतका सामाग्री नोक्सानी भएको अध्यक्ष लामाले बताउनुभयो ।

त्यस्तै पहिरा बगेर झोङ गाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारी समेत नष्ट बनाएको उहाँको भनाई छ । ‘पहिराले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पु¥याएको छ, अध्यक्ष लामाले भन्नुभयो, ‘घर तथा खेतबालीमा समेत क्षति पु¥याएकाले पिडितहरु समस्यामा परेका छन् ।’

पहिरा रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको समेत उहाँले बताउनुभयो । थप क्षति हुन नदिन र जोखिममा परेका घरहरु जोगाउनका लागि ग्याबिङ तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो ।

प्रहरी र जनप्रतिनिधिको टोली पहिरा प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरि जोखिमको अबस्थाको बारेमा समेत जानकारी लिइसकेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology