Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा फेला परेको अजिङ्गर चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडियो


4.6K
Shares

गोरखामा फेला परेको अजिङ्गर चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडियो

गोरखा, २८ साउन : गोरखाको गण्डकी गाउँपालिका–६,भुम्लिचोक स्थित पल्लोटारमा फेला परेको अजिङ्गर शनिवार चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको छ । सव डिभिजिन बन कार्यालय सिउरेनीटारका प्रमुख बनअधिकृत रविआन्नद गोपालीले सहितको वन कार्यालयका कर्मचारीको टोली चितवन स्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो ।

फेला पारिएको क्षेत्रमा सुरक्षित बासस्थान नभेटिएपछि चितवनमा लगेर सुरक्षिता वासस्थानमा छोडिएको वनअधिकृत गोपालीले जानकारी दिनुभयो । गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको मोटरेवल पुल नजिकै शुक्रबार गोरखा तर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको थियो ।

तीनवटा घिस्रने जनावर मध्येमा उद्धार गरिएको अजिङ्गर एक प्रजातीको भएको वनअधिकृत गोपालीले बताउनुभयो । अजिङ्गर संरक्षित प्रजतीको घस्रने जनावर अन्र्तगत हो । अजिङ्गरलाई उद्धार गरी गएराती भने सव डिभिजन कार्यालय सिउरेनीटारमा नै राखिएको थियो ।

उहाँले फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको बताउनुभयो । बनअधिकृत गोपाली र बनरक्षक अम्बिका शर्माले लौरो र बोराको साहायताले फेला परेको अजिङ्गरको उद्धार गर्नुभएको हो । स्थानीयबासीहरुले पहिलो पटक आफुले त्यस क्षेत्रमा अजिङ्गर फेला परेको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology