गोरखा, २७ साउन । आरुघाट गाँउपालिकामा पालिका स्तरीय बालसञ्जाल गठन भएको छ । आज आयोजित बालभेलाले नम्रता दाहालको अध्यक्षतामा १५ सदस्यिय पालिका स्तरीय बालसञ्जाल गठन भएको हो । जसको उपाध्यक्षमा रश्मि गुरुङ्ग, सचिव स्मृति काप्री, सहसचिव रञ्जना सुर्खेती, कोषाध्यक्ष मानव थापामगर, जिल्ला प्रतिनिधिमा एलिज अली र उलिशा श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा एलिशा आलेमगर, सुस्मिता परियार, सुप्रिम श्रेष्ठ, संभ्रान्त खड्का, सर्मिला घले र कान्छा गुरुङ्ग चयन हुनुभएको छ भने बाँकी २ सदस्य भने नवगठित कार्यसमितीले मनेनित गर्ने जनाइएको छ ।आरुघाट गाँउपालिका पालिका भित्र रहेका १३ बालक्लवका प्रतिनिधि बालावालिका, बालक्लव संयोजक शिक्षकहरुका साथै विद्यालयका प्रधानाध्यापक, प्रहरी कार्यालय प्रतिनिधि लगायतको उपस्थिति आयोजित भेलालाई पालिकाका सामजिक शाखा प्रमुख लिला श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखाका यज्ञ प्रशाद कर्णेल र पद्धति विकास सेवा केन्द्रका शिक्षा तथा संरक्षण अधिकृत भुपेन्द्र पोखरेलले सहजिकरण गर्नुभएको थियो ।
आरुघाट गाँउपालिकाको आयोजना, गुड नेवर्स इन्टरनेशनल र पद्धति विकास सेवा केन्द्र गोरखाको साझेदारी र भिमोदय बालक्लवको व्यवस्थापनमा सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष राज् गुरुङ्गको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा गाउँपालिका सामाजिक शाखा प्रमुख लिला श्रेष्ठ, गुड नेवर्स इन्टरनेशनलका प्रतिनिधि,शिक्षक एवं सहभागी वालक्लवका प्रतिनिधिहरुले शुभकामना मन्तव्य गर्नभएको थियो । भेलाको उद्घाटन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपालीको अध्यक्षतामा भएको हो ।