Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मनकामना केवलकार मुनिको सामुदायिक बनमा राखिएको होर्डिङ बोर्ड हटाउन निर्देशन


2.2K
Shares

मनकामना केवलकार मुनिको सामुदायिक बनमा राखिएको होर्डिङ बोर्ड हटाउन निर्देशन

गोरखा, २७ साउन । डिभिजन वन कार्यालय गोरखाले सहिद लखन गाउँपालिका–३ स्थित शिखर सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र भित्र राखिएका होर्डिङ बोर्डहरु हटाउन निर्देशन दिएको छ । वन कार्यालयले वन क्षेत्र भित्र अनाधिकृत रुपमा होर्डिङ बोर्ड राख्ने सिटिजन बैंक लिमिटेड कम्पनी, होङ्सी सिमेन्ट प्रा।लि र फोन पे पेमेन्ट सर्भिस लिमिटेडलाई ३५ दिन भित्र बिज्ञापनका लागि राखिएको हेर्डिङ बोर्ड हटाउन निर्देशन दिएको हो ।

मनकामना केवलकार मुनि पर्ने सामुदायिक बनमा राखिएको बोर्ड गाउँपालिका, जिल्ला प्रसासन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला स्थित सुरक्षा निकाय, शिखर सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिहरुले स्थलगत निरिक्षण गरी बैठक बसेर हटाउने निर्णय गरेको थियो । वन कार्यालयले दिएको निर्देशनमा निर्णय बमोजिम बिज्ञापन एजेन्सीले सामुदायिक वन उपभोक्ता समुहसंगको समन्वयमा होर्डिङ बोर्ड हटाउन र कार्य प्रगती प्रतिवदेन सामुदायिक वन उपभोक्ता समिति मार्फत कार्यालयमा पेश गर्न भनिएको छ ।

तोकिएको समय भित्र बिज्ञापन र्बोड नहटाए प्रचलित कानुन बमोजिम कारवाही गरिने वन कार्यालयले चेतावनी समेत दिएको छ । साुमदायिक बन, गाउँपालिका र सहित सरोकारवालाहरुको साउन ११ गते बसेको बैठकले बोर्ड हटाउने निर्णय गरेपछि १२ गते कार्यालयले निर्देशन सहितको पत्र सम्बन्धित सरोकारवालाहरु पठाएको डिभिजन बन कार्यालय गोरखाका प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology