गोरखा २७ साउन । गोरखाको भीमसेन थापा गाउँपालिका–६, अश्राङ स्थायी घरभएका समाजसेव कालिका पाण्डेको आज असामहिक निधन भएको छ । सामाजिक सेवाको क्षेत्रमा लामो समय क्रियाशिल रहनु भएका पाण्डेको बिहान काठमाण्डौंमा उपचारका क्रममा निधन भएको परिवारले जानकारी दिएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिनुभयो ।
केही समयदेखि क्यान्सर रोगबाट पिडित उहाँको ५८ बर्षको उमेरमा निधन भएको हो । स्वर्गिय पाण्डे अश्राङमा रहेको नवजागृति चण्डी माध्यामिक विद्यालयमा उच्च माध्यामिक सुरु गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो भने ३ कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर भूमिका निर्वाह गर्नुभएको थियो । हाल उहाँ विद्यालयको सल्लाहारको रुपमा रहनु भएको थियो । विद्यालयको स्थापनासंगै स्थायित्वको निम्ति उहाँले खेल्नु भएको भूमिका महत्वपूर्ण रहेको वडाध्यक्ष रिमालले बताउनुभयो ।
पाण्डेको निघनले अश्राङले एउटा सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल धरोहर गुमाएको उहाँको भनाई छ । स्वर्गिय पाण्डेले विद्यालय परिवारको अभिभावक गुमाएको विद्यालयका शिक्षक भूमि गोतामेले बताउनुभयो । स्वर्गिय पाण्डेको एक छोरा र एक छोरी हुुनुहुन्छ । उहाँ नेकपा एमाले अश्राङ पार्टी कमिटिको अध्यक्ष रहेर समेत लामो समय काम गर्नुभएको थियो ।