Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा आँखा पाक्ने रोग फैलिए पछि सरदमुकामको नीजि बिद्यालय बन्द


1.8K
Shares

गोरखामा आँखा पाक्ने रोग फैलिए पछि सरदमुकामको नीजि बिद्यालय बन्द

गोरखा, २६ साउन । केही दिन यता गोरखा सदरमुकाममा आँखा पाक्ने रोग फैलिए संगै सरदमुकाममा रहेको एक नीजि बिद्यालयको पठनपाठन बन्द गरिएको छ । अधिकाशं बिद्यार्थीहरुमा रोग फैलिएको भन्दै गोरखा नगरपालिका–८ को रानिबन क्षेत्रमा सञ्चालित द ओल्ड क्यापिटल माविले केही दिनको लागि पठनपाठन बन्द गरिएको हो ।

बिद्यालयले आज एक सूचना जारी गर्दै ‘बिद्यालयमा अध्ययनरत अधिकांश बिद्यार्थी भाईबहिनीहरुमा आँखा पाक्ने सरुवा रोगको संक्रमण तीब्र रुपमा फैलिरहेको हुनाले थप संक्रमण फैलन नदिन, संक्रमणको चक्रलाई टुटाउन र शिक्षक बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्य नगर गर्दै’ केही दिनका लागि पठनपाठन बन्द गरिएको बिद्यालय प्रशासनले जनाएको छ ।

बिद्यालयले आज जारी गरेको सूचना अनुसार अब आउदो मंगलबार मात्र खुल्ने छ ।

करिब २ हजार १०० बिद्यार्थीहरु अध्ययरत रहेको उक्त बिद्यालयमा अहिलेसम्म ३०० जनाभन्दा बढी बिद्यार्थी र केही शिक्षकमा आँखा पाक्ने रोग देखिएको प्रिन्सीपल जनक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बिद्यालयको कक्षा ६ र ९ मा अध्ययनरत बिद्यार्थीहरुमा बढी संक्रमण देखिएको हो ।

बिद्यार्थीहरुमा संक्रमण देखिए पछि अन्य बिद्यार्थीहरुलाई अभिभावकहरुले अध्ययन गर्न पठाउन बन्द गरेका कारण पनि केही दिनको लागि पठनपाठन बन्द गरिएको प्रिन्सीपल केसीले बताउनुभएको छ ।

Open photo

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology