Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नक्कली शैक्षिक प्रमाणपत्र किर्ते आरोपामा कांग्रेस सांसद पक्राउ परेपछि एमालेको आपत्ति


819
Shares

नक्कली शैक्षिक प्रमाणपत्र किर्ते आरोपामा कांग्रेस सांसद पक्राउ परेपछि एमालेको आपत्ति

काठमाडौं,२६ साउन । शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डांं.सुनीलकुमार शर्माको बारेमा संसद्मा कुरा उठेको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुरा उठाएको हो । एमाले सांसद ज्वालाकुमारी साहले सुन बरामद प्रकरणमा आवाज उठाईरहेका सांसद शर्मालाई पक्राउ गरेको भन्दै आपत्तिसमेत जनाएकी छन् ।

उनले भनिन्, ‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबले पक्राउ गरियो र रु कानूनले पनि मिल्दैन । उहीले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ । त्यसको घोर आपत्ति जनाउँछु ।’

शर्मालार्ई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology