Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाकी एक महिला पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ


7.3K
Shares

गोरखाकी एक महिला पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ

गोरखा, २६ साउन । पोर्चुगल पठाईदिन्छु भनी सोह्र लाख रकम ठगी गर्ने गोरखाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका – ६ बस्ने ५० वर्षीय माया पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनी समिर जंग गुरुङबाट सोह्र लाख रुपैयाँ लगेको प्रहरीले जानकारी दिएको छ । पोर्चुगलमा कृषि कम्पनीमा मासिक एक लाख तीस हजार भन्दा धेरै तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रकम लगेको पीडितको भनाइ छ ।

रकम लिई सम्पर्क विहीन भएकाले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनी पीडितले पत्राचार गरेका थिए ।

उक्त कार्यलयबाट खटिएको प्रहरी टोलीले माया पुलामी मगरको खोजतलास गर्ने क्रममा नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology