काठमाडौं, २५ साउन । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तहको भर्नाका लागि सूचना निकालेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८०र०८१ का लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सूचना निकालेको हो ।
५ मंसिरदेखि कक्षा सञ्चालन हुने त्रिविले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा यही महिनाको अन्तिमसम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ ।
नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ । यही महिनाको अन्तिमसम्ममा आउँछ, बोर्डका अध्यक्ष महाश्रम शर्माले भन्नुभयो।