गोरखा, २४ साउन । गोरखाको पालुङटार नगरपालिका स्थित एक घरबाट गएराती नगदर चाँदीका सिक्का चोरी भएको छ । वडा नम्बर–५ स्थित तल्लोफाँटका धरबहादुर भण्डारीको घरमा गएराती चोरी भएको स्थानीय सुरज थापाले जानकारी दिनुभयो ।
भण्डारीको घरको तल्लो तलाको गेटमा ताला लगाएर घर भित्रका मान्छेलाई थुनेर, दोस्रो तल्लामा रहेको कोठाहरु तोडफोड गरी १५ वटा चाँदिका सिक्का, नेपाली नगद करिब १० हजार जती चोरी पाइएको उहाँले बताउनुभयो ।
राती करिब १२ बजेदेखि ३ बजे भित्रको समयमा तोडफोड र चोरी भएको हो । घरमा धनबहादुरको आमा, भान्जी र नाती बस्दै आएका थिए । घरमा चोरी भएको थाहा पाए लगतै उनिहरुले स्थानीयलाई हारगुहार गरेका थिए ।
स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।