गोरखा, २३ साउन । नेपाल बिद्यार्थी संघको केन्द्रिय तदर्थ समितिमा गोरखाबाट १५ जना युवा युवती मनोनयनमा परेका छन् । केन्द्रिय तदर्थ समितिको हिजो बसेको बैठकले जिल्लाको १५ जनालाई केन्द्रिय तदर्थ समितिमा मनोनयन गरेको हो ।
नेपाली काँग्रेस केन्द्रिय कार्यालयले २२ गते जारी गरेको सूचना अनुसार सभापति शेयरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठन गरेको नेपाल बिद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमितिमा गोरखाका १४ जना बिद्यार्थीहरुलाई समावेश गरेको जनाएको छ ।
गोरखाबाट तदर्थ समितिमा मनोनितमा पर्नेमा प्रतिमा भट्ट, शुभाष अधिकारी, टेनिस श्रेष्ठ, पूर्ण गुरुङ, परशुराम भट्ट र मिलन बस्नेत रहेका छन् त्यस्तै गरी, हालै गठित केन्द्रिय तदर्थ समितिमा गोरखाका शोभिता भट्ट, सृजना बञ्जारा, शोभा बस्ताकोटी, देवेन्द्र तिवारी, प्रशान्त लामिछाने, प्रविण बस्नेत, शेखर ढकाल, कृषि केसी र ई।किशोर गुरुङ रहेका छन् । तदर्थ समितिले ६ महिना भित्रै अधिवेशन गराएर नयाँ कार्य समितिलाई जिम्मेवारी सुम्पनु पर्दछ ।