Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा पनि फैलियो आँखा पाक्ने रोग, एक हप्तामा २९३ जना संक्रमण


3.3K
Shares

गोरखामा पनि फैलियो आँखा पाक्ने रोग, एक हप्तामा २९३ जना संक्रमण

गोरखा, २० साउन । गोरखामा पनि आँखा पाक्नेर रोगको फैलन थालेको छ । गोरखा लायन्य आँखा अस्पतालमा दैनिक ५० जना भन्दा बढि बिरामीहरु आखाँ उपचार गर्नेको लागि जाने गरेको गोरखा लायन्य आँखा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो ।

गत सोमबार देखी आज शनिबार सम्ममा ४९३ जनाले आँखा परिक्षण गराएका छन्, ति मध्य २९३ जनामा आँखा पाक्ने रोगको समस्या गरेको उहाँले बताउनुभयो । आँखा परिक्षण गर्ने आउने अधिकांश बालबालिका रहेका छन् ।

यो रोगबाट बच्नको लागि संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल, कपडा, ओछ्यान लगायत सामान अरुले प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, संक्रमित व्यक्तिको नजिक नजाने, कालो चश्मा लगाउने, आँखा जाँच गराएर चिकित्सकको परामर्शअनुसार औषधिको प्रयोग गरेमा यो रोगबाट सुरक्षित हुन सकिने अर्यालले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology