Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सारुकको निधनपछि बिरामी परेका कलाकार सानु ताम्राकार अस्पताल भर्ना


1.4K
Shares

सारुकको निधनपछि बिरामी परेका कलाकार सानु ताम्राकार अस्पताल भर्ना

काठमाडौँ, १४ साउन । कलाकार सानु ताम्राकार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिवार अस्पताल भर्ना गरिएको हो ।

उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । ‘सानु दाइ बोल्न, चल्न केही गर्न सक्नुहुन्न’ निरौलाले भने, ‘चिकित्सकले उहाँको उपचार गरिरहेका छन् । भेटघाट पनि बन्द गरिएको छ ।’

ताम्राकार स्वर्गीय अभिनेता सारुकका पिता हुन् । सारुकको निधनपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । शनिवार स्वास्थ्यमा झन् जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

अभिनेता सारुकले गत महिनामा आफ्नै घरमा आत्महत्या गरेका थिए । सारुकको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । पछिल्लो समय सारुक फिल्म ‘ह्यासट्याक माया’ को सुटिङमा व्यस्त थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology