Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मोटरसाइकल चोरी गर्ने गोरखाका एक युवक पक्राउ


7.4K
Shares

मोटरसाइकल चोरी गर्ने गोरखाका एक युवक पक्राउ

गोरखा, १३ साउन ।  गोरखाको एक युवकलाई गुम्बाबाट चोरीको मोटरसाइकल सहित एक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं तारकेश्वर नगरपालिका ५ मा काठमाडौं गोलढुङ्गा बस्ने गोरखाको पालुङटार नगरपालिका–१, खोप्लाङ घर भएका २६ वर्षीय दिनेश गिरीलाई चोरीको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको हो ।

गत वैशाख १७ गते मनमैजुबाट प्रदेश ३(०२(०१० प ७० ८० नम्बरको पल्सर मोटरसाइकल हराएको भनी धादिङका बलराम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा परिवर्तित प्रदेश ३(०२(०११ प ४५ ९१ नम्बर राखेर मोटरसाइकल चलाइरहेको अवस्था गिरीलाई हिजो पीडित सहायता ‍इकाइबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

गिरीलाई थप अनुसन्धान तथा कारबाहीका प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology