Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पत्रकार महासंघ गोरखा शाखामा लगाइएको ताला ३५ दिन पछि खुल्यो


3.8K
Shares

पत्रकार महासंघ गोरखा शाखामा लगाइएको ताला ३५ दिन पछि खुल्यो

गोरखा,११ साउन ।  नेपाल पत्रकार महासंघ गोरखाका शाखामा गएको ३५ दिनदेखि लगाइएको ताला खुलेको छ । महासंघ गोरखा शाखाले एकलौटी रुपमा निर्णय गदै जिल्लामा क्रियाशिल पत्रकारहरुको सदस्यता खारेजीको सिफारिस गरेपछि प्रेस सेन्टर नेपाल जिल्ला समन्व्य समिति गोरखाले गएको असार ५ गते लगाइएको ताला हिजो खुलेको हो ।

महासंघ गण्डकी प्रदेश समितिको मंगलवार बसेको बैठकले गोरखा शाखाले सिफारिस गरेको सदस्यता खारेजीको सिफारिस अस्विकृत गरी क्रियाशिल पत्रकारहरुको सदस्यता नवीकरण गर्ने निर्णय गरेपछि प्रेस सन्ेटरले ताला खोलेको प्रेस सन्ेटर नेपाल गोरखाका अध्यक्ष दानबहादुुर गुरुङले आज जारी गर्नुभएको प्रेस बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा सदस्यता शुद्धीकरणको मापदण्ड विपरीत जिल्ला नेतृत्वले गरेको शुद्धीकरणको गैह्रजिम्मेवार, अव्यवहारिक, अविवेकपूर्ण र भस्मासुर प्रवृत्तिको प्रस्ताव प्रदेश समितिले सच्याएको भन्दै धन्यवाद समेत दिएको छ ।

साथै प्रदेश समितिको न्यायिक निर्णयले शुद्धीकरण मापदण्ड विपरीत हुनेगरी पत्रकारितामा क्रियाशील रहनुभएका पत्रकारहरुको नै नवीकरण गर्न हुँदैन भनि महासंघ गोरखा शाखा नेतृत्वले गरेको निर्णय लाजमर्दो र षडयन्त्रमूलक हर्कत भएको पुष्टि मात्र नभई नेतृत्वको षड्यन्त्रमुलक प्रवृत्तिलाई उदाङ्गो पारिदिएको अध्यक्ष गुरुङले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ ।

आगामी दिन श्रमजीवी पत्रकारको अधिकार खोस्ने गरि गरिने सबै खालका हर्कतहरु रोक्न संगठनले बिज्ञप्ति मार्फत कडा चेतावनी समेत दिएको छ । ‘महासघ गण्डकी प्रदेश समितिले शुद्धीकरण मापदण्ड तथा महासघको बिधान अनुसार हुने गरि गरेको बैधानिक निर्णयको स्वागत गर्दै संगठनले गोरखा शाखामा लगाएको ताला समेत खोलिएको जानकारी गराउदछौ ।’ बिज्ञप्तिमा भनिएको छ ।

 

Open photo

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology