Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बोर्लाङ्गमा राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औं जन्मजयन्ती मनाइयो


3.2K
Shares

बोर्लाङ्गमा राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औं जन्मजयन्ती मनाइयो

गोरखा, ९ साउन । गोरखाको भीमसेन थापा गाउँपालिकामा राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औं जन्मजयन्ती मनाइएको छ । गाउँपालिकाको वडा नम्बर ८ स्थित चण्डीथानमा रहेको थापाको घर हवेली दरवार परिषरमा मंगलबार राष्ट्रिय विभूति मुख्तियार भिमसेन थापाको जन्मजयन्ती मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले भिमसेन स्मारक संग्रहालय र भिमसेन थापा पार्कलाई ऐतिहासिक एबम पर्यटकीय नगरी बनाउन थप पहल गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले वडा नम्बर ८ का ५० जना जेहेन्दार बिधार्थीहरुलीई झोला र पठन सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष अमृतादेवी वस्ती, प्रमुख प्रशासकीय अधिकृत– चित्र बहादुर अधिकारी, वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष बिष्णु कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । भीमसेन थापा बोर्लाङ प्रतिष्ठानको आयोजनामा बोर्लाङको आयोजनामा कार्यक्रम गरिएको हो । यसैबिच गाउँपालिकाले आज पालिका भित्र सार्वजनिक विदा दिएको छ ।

गाउँकार्यपालिकाको असार १४ गते बसेको बैठकले भीमसेन थापाको जन्मजयन्तीको अवसरमा पालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको थियो । गाउँपालिकाको नामकरण नै राष्ट्रिय विभूति भीमसेन थापाको नाममा राखिएको गाउँपालिका भएकाले पनि उहाँको उच्च सम्मानमा सार्वजनिक विदा दिइएको हो । सार्वजनिक विदाको दिन पालिका अन्र्तगतका सवै कार्यालय, विद्यालय, स्वास्थ संस्थाहरुसंग बन्द गरिएको थियो । थापाको पुख्र्यौली घर हेवली दरवार पूर्णरुपमा भग्नावशेष अवस्थामा रहेको छ । गएको बर्ष हेवली दरवार परिषर्मा थापाको शालिक निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology