Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

जापानकाे टाेकीयाेमा स्वर्गीय सिता दाहालप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न


2.6K
Shares

जापानकाे टाेकीयाेमा स्वर्गीय सिता दाहालप्रति श्रद्धाञ्जली कार्यक्रम  सम्पन्न

सन्दिप सुनार
साउन ८, टाेकीयाे । जापानकाे टाेकीयाेमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार तथा पार्टी अध्यक्ष एबम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) कि जीवन संगिनी स्वर्गीय सिता दाहाललाई  श्रद्धाञ्जली दिने कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाली मुक्ति आन्दोलन अग्रणी योद्धा, महान जनक्रान्तिकी नेतृ दाहालको दु:खद निधन प्रती नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो । उहाँको ६९ औं बर्षको उमेरमा निधन भएको  थियो । सोमवार १३ औ दिनको पुण्य तिथिको अवसर पारेर टाेकियाेकाे सिन ओकुबामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।

नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे प्रमुख आतिथ्यता भएको कार्यक्रममा डा. दुर्गा बहादुर सुबेदी लगायत जापानमा रहेका नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो । श्रद्धाञ्जली कार्यक्रम मञ्चका अध्यक्ष भवानी पन्तको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology