Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अजिरकोट गाउँपालिकामा गर्भवती महिलालाई लोकल भैसीको ध्यू, अण्डा र न्यानो पछ्यौरा


875
Shares

अजिरकोट गाउँपालिकामा गर्भवती महिलालाई लोकल भैसीको ध्यू, अण्डा र न्यानो पछ्यौरा

गोरखा, ७ साउन । गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

“पोषिलो खानेकुराको अभावमा गर्भवती र गर्भमा रहेको शिशुको शारीरिक तथा मानसिक वृद्धिविकासमा असर परिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि गर्भमा रहँदादेखि नै ध्यान पुर्याउन सकियोस् भन्ने उद्देश्यले ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रम सञ्चालन ल्याइएको हो ।” कार्यक्रमअन्तर्गत पालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भ परीक्षणका आउने गर्भवतीलाई पोषिलो आहार वितरण गर्ने गरिएको उहाँले बताउनुभयो ।

“पोषण सुधारका लागि सञ्चालित ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत गाउँमै उत्पादित लोकल भैँसीको घिउ र अन्डा गर्भवतीलाई प्रदान गर्ने गरिएको छ”, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्टले भन्नुभयो, “गर्भ परीक्षण गराउन आएको पहिलो, तेस्रो र चौथो भेटमा प्रत्येक पटक एक–एक मानाका दरले लोकल घिउ र एक–एक क्रेट अन्डा उपलब्ध गराउने गरिएको हो ।”

स्थानीयस्तरमा उत्पादन भएको घिउमा मिसावट नहुने र पोषणयुक्त हुने भएकाले गाउँपालिकाले स्थानीय उत्पादन नै खरिद गरेर गर्भवतीलाई वितरण गर्दैै आएको शाखा प्रमुख भट्टले बताउनुभयो । चौथोपटकको भेटमा सुत्केरी गराउन आएका बेला भने भैँसीको घिउ र अन्डासँगै न्यानो पछ्यौरीसमेत प्रदान गर्ने गरिएको उहाँको भनाइ छ ।

कार्यक्रमले गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन प्रोत्साहनसमेत मिलेको शाखा उहाँले बताउनुभयो । “नियमित गर्भ परीक्षण गराए आमा र शिशुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी हुने र गाउँपालिकाबाट पोषण सामग्री पनि पाउने भएपछि नियमित गर्भ परीक्षण गराउनुपर्छ भन्ने सोचको विकास पनि हुँदै गएको छ”, उहाँले भन्नुभयो, “यसबाट गर्भवतीलाई स्वास्थ्य सुरक्षामा ध्यान पुर्याउन पनि सजिलो भएको छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology