Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक सुलिकोट गाउँपालिकाको बारपाक गाउँमा ‘भ्यु टावर’ निर्माण


1.5K
Shares

बारपाक सुलिकोट गाउँपालिकाको बारपाक गाउँमा ‘भ्यु टावर’ निर्माण

गोरखा, ५ साउन । गोरखाको पर्यटकीय गन्तव्यको रुपमा चिनिने बारपाक सुलिकोट गाउँपालिकाको बारपाक गाउँमा ‘भ्यु टावर’ निर्माण गरिएको छ । बारपाक घुम्न पुग्ने पर्यटकहरुलाई एकै ठाउँबाट सिँगो बारपाक गाउँ र बारपाक वरपरको मनोरम दृष्यको दृष्यावलोकन गर्न सक्ने गरी बारपाक गाउँमा ‘भ्यु टावर’ निर्माण भएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

‘गोरखा भुकम्पको केन्द्रबिन्दु समेत रहेको बारपाकलाई एउटा प्र्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै यहाँ अझै धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना गाउँपालिकाको छ, उहाँले भन्नुभयो, ‘पर्यटकहरु बारपाक आउदा बारपाक गाउँको सुन्दरतालाई राम्रोसंग नियाल्न सकुन् भन्ने उद्देस्यले भौतिक संरचनाहरु निर्माणको काम भइरहेका छन् ।’

बारपाक सुलिकोट गाउँपालिका–२ को कोटडाँडामा निर्माण भएको भ्यू टावर करिब ५४ लाख १३ हजार ३ सय ७ रुपैयाको लागतमा भ्यु टावर निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर अभिनव गौतमले जानकारी दिनुभयो । ‘टावरमा फलामको रेलिङ हाल्ने काम पनि सकिएको छ, उहाँले भन्नुभयो, ‘अब केही रङ्गरोगनकोकाम बाँकी छ ।’

सिराइचुली निर्माण सेवाले टावर निर्माणका लागि ठेक्का पाएको थियो । ठेकेदारले काम सम्पन्न गरी सकेको उहाँको भनाई छ । अहिले भ्यु टावरमा रेलिङ राख्ने काम पनि सम्पन्न भइसकेको ईन्जिनियर गौतमले जानकारी दिनुभयो । २०७६ साल माघ २७ गते सम्झौता भएर काम थालेको उक्त टावर खुल्ला गरेसंगै बारपाक र वरपरका दृष्यका साथै मनास्लु, बौद्ध र गणेश हिमालको सहजै दृश्यावलोकन गर्न सकिनेछ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण बारपाक गाउँ विश्वयुद्धमा भिक्टोरिया क्रस विजेता गजे घलेको गाउँ पनि हो । करिब साढे १३ सय घरघुरी एकै ठाउँमा भुरुप्प बसोवास रहेको बारपाकमा अहिले गोरखा भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा भुकम्प स्मृति उद्यान समेत निर्माणको काम भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology