Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा अब अलमलिने छुट छैन : प्रधानमन्त्री दाहाल


980
Shares

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा अब अलमलिने छुट छैन : प्रधानमन्त्री दाहाल

गोरखा, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कुनै पनि तर्क वा वाहानमा अब बुढीगण्डी जलविद्युत आयोजना निर्माणमा अलमल गर्ने छुट नभएको बताउनु भएको छ । बाह्रसय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको गण्डकी गाउँपालिका–८ स्थित सिउरेनीटारमा रहेको फिल्ड कार्यालयको आज उद्घाटन गर्नुहुदैँ उहाँले आयोजनाको निर्माण कार्यले छिट्टै गति लिने बताउनु भएको हो ।

‘हामी छिटो भन्दा छिटो बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडी बढाउने उद्देस्यका साथ आएका छौ, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘केवल कार्यालय स्थापनाका लागि कार्यालय स्थापना गर्न मात्र आएका होइनौ, आयोजना निर्माणको काम तिव्र गतिमा अगाडी बढाउने उद्देस्यका साथ फिल्ड कार्यालय स्थापना गरिएको हो ।’

प्रधानमन्त्री दाहालले आयोजना निर्माणका लागि अहिलेसम्म राज्यको करिब ४३ अर्ब रुपैया लगानी भइसकेको भन्दै अब आयोजना निर्माणमा अलमल हुनै नसक्ने र हुनै नहुने पनि बताउनुभयो । ‘यो परियोजना गेम चेन्जर परियोजना हो, बहुउद्देस्सिय परियोजना हो खाली बिद्युत उत्पादन र वितरणका दृष्टिकोणले मात्र नाफामूलक होइन, प्रधानमन्त्री दाहालले भन्नुभयो, तर बुहउद्देस्सिय परियोजना भएको हुनाले अन्य सवै क्षतिपूर्ती यो आयोजनाबाट गर्न सकिन्छ र यो परियोजना नाफामूलक परियोजना नै हुन्छ ।’

उहाँले बुढीगण्डकी जलविद्युत आयोजनाबाट पर्यटन, मत्स्य पालन, तल्लो तटिय क्षेत्रको सम्रग बिकास र सिञ्चाई लगायतका थुप्रै क्षेत्रबाट नाफा लिन सकिने परियोजना भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले बुढिगण्डकी परियोजना दीर्घकालिन र राष्ट्रिय अर्थतन्त्रलाई नै प्रभाव पार्ने खालको परियोजना हुनसक्ने भन्दै यसले देशमा प्रसस्त रोजागारीको अवसर समेत सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहाल बुढीगण्डकी आयोजनालाई प्राधिकरण मार्फत लैजाने बिषयमा छलफल भएपनि प्राधिकरण बनाउने प्रक्रियामा फेरी ४÷५ बर्ष लाग्नसक्ने र निर्माण प्रक्रिया अगाडी बढाउन झनै जटिल हुने भएकाले त्यसमा छलफल गर्दै कम्पनी लिमिटेड मार्फत तत्काल निर्माण अघि बढाउने निस्कर्षमा आफूहरु पुगेको उल्लेख गर्नुभयो । अहिले नै प्राधिकरण बनाउन लाग्ने हो भने आयोजना निर्माणमा फेरी ढिलाई हुने उहाँको भनाइ छ ।

नेपालमा थुप्रै जलविद्युत परियोजनाहरु सम्पन्न हुने प्रक्रियामा रहेपनि हिउँदको समयमा अहिले पनि विद्युत खरिद गर्नुपर्ने बाध्यतामा रहेको भन्दै प्रधानमन्त्री दाहालले जलासययुक्त आयोजना नहुदा भोग्दै आएको यो समस्यालाई बुढीगण्डकी परियोजनाले हल गर्ने बताउनुभयो । ‘हिउँद र बर्खामा हुने बिपरीत परिस्थितीलाई समाधान गर्ने ठूलो परियोजना बुढीगण्डकी जलविद्युत परियोजना हुन्छ, उहाँले भन्नुभयो, ‘यसले दुवै सिजनमा एउटा सन्तुलन ल्याउन मद्दत गर्छ ।’

सरकारको ध्यान देशभित्रै बढीभन्दा बढी विद्युत खपत गर्ने रणनीति रहेपछि अझै नेपाललाई त्यसका लागि समय लाग्ने उल्लेख गर्नुभयो । उहाँले देशको मध्य भागमा निर्माण हुन लागेको आयोजना भएकाले बुढीगण्डकी आयोजना राष्ट्रिय प्रशारण लाईनका लागि कम लगानी हुने आयोजना रुपमा रहने पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भारतसंग भर्खरै गरिएको बिद्युत खरिद बिक्रीसंगको सहमतीले विद्युत गरिएको लगानीको उचित आउदैन कि भन्ने चिन्ताको पनि सम्बोधन भईसकेको उल्लेख गर्नुभयो । जग्गा अधिग्रहणको मूल हिस्सा सम्पन्न भइसकेको भन्दै आयोजना निर्माणका लागि सवै अध्ययन प्रतिवेदन तयार भइसकेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

६३ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको आयोजना निर्माणका लागि गोरखा र धादिङका डुवान क्षेत्रका बासिन्दाले हजारौ रोपनी जमिन उपलब्ध गराएको भन्दै सरकारको तर्फबाट धन्यवाद समेत दिनुभयो । उहाँले बाँकी रहेको मुआब्जा वितरणको कामलाई तिव्रता दिदैँ पुर्नवास तथा पुर्नवासको काम पनि संगसंगै अघि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘जग्गा अघिग्रहणका कारण जनताले आफ्नो थाकथलो छोडेर जानुपर्दा सामाजिक र मानसिक रुपमा व्येर्होनु परेको क्षति मुआब्जाबाट मात्रै सम्बोधन सम्भव हुदैन भन्ने कुरा मलाई गहिरोसंग हेक्का छ, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘तर्सथ बुढीगण्डकीबाट विद्युत उत्पादनका साथसाथै व्यवस्थित बस्ती निर्माण र वातावरण तथा जैविक विविधताको संरक्षणमा काम गर्ने गरी सरकारले आयोजना विकास गर्नेछ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology