सन्दीप सुनार
जापान ३१ असार । एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए जापानको अधिवेशनको चहल पहल बढिरहदा शनिबार जापानको तेश्रो ठूलो शहर नायोयामा पत्रकार सम्मेलन गर्दै अधिकारीले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदैं अधिकारीले आफु लाई धेरै बोल्न नआउने तर काममा सधै ईमान्दारिता पूर्वक लागेको र भविश्यमा पनि लाग्ने बताउनुभयो । “ठूला कुरा गरेर मात्रै हुँदैन, यति ठूलो संख्यामा नेपाली भएको जापानका हरेक नेपाली लाई समस्या पर्दा अभिभावकको भूमिका र्निभाह त गर्नु नै छ, त्यस बाहेक पनि एनआरएनए सबै नेपालीले आफ्नै संस्था हो भन्ने महशुश हुने गरि काम गर्ने छु” उहाँले भन्नुभयो।
” यसअघि एनआरएनए जापानको अध्यक्ष पदमा नागोयाबाट एनआरएनए आईसिसि सदस्य दिपक कार्की पनि उठने चर्चा चले पनि उहाँले आफुलाई सहयोग गर्ने बताउनु भएको छ। हामी एकजुट भएर अघि बढ्ने छौं ” अधिकारीले भन्नुभयो। । लगतै दिपक कार्कीले पनि अधिकारीलाई अध्यक्ष बनाउन तयार रहेको घोषणा गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा एनआरएनए अभियानमा लागेकाहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनएले आफ्नो लक्ष्य अनुसार गन्तव्य पच्छ्याउन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरेका थिए। कार्यक्रममा एनआएनए आईसिसि सदस्य दिपक कार्की, एनआरएनए जापानका सचिव श्याम शितल, एनआरएनए जापानका पूर्व उपाध्यक्ष डिलाराम खरेल, पूर्व महासचिव डा सुदिप अधिकारी, पूर्व सचिव डा सरोज कँडेल, पूर्व सचिव बिष्णु प्रसाद घिमिरे, पूर्व प्रवक्ता सन्देश पोखरेल ,पूर्व कार्य समिति सदस्य एवं गुल्मी समाज जापानका उपाध्यक्ष बाबुराम खरेल एनआएनए नायोयाका संयोजक मनोज बम मल्ल , नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार एवं नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष कविकिरण न्यौपाने ,दर्शन समाज जापानका संरक्षक सुरज मल्ल ,प्रबासी नेपाली मञ्च नागोयाका अध्यक्ष नरेश राई प्रवासी नेपाली सम्पर्क विभाग (चुबु) सभापति हरि श्रेष्ठ , दर्शन समाज नागोयाकी महिला संयोजक बिमला हमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।