गोरखा, ३० असार । गोरखाको अजिरकोट गाउँपालिकाको तेस्रो सार्वजनिक सुनवाई सम्पन्न भएको छ । गाउँपालिकाले पालिका भित्रका नागरिकहरुको गुनासो र सुझाव संलकन गर्नका लागि बुधबार चालु आर्थिक बर्ष २०७९/०८० को तेस्रो चौमासिक कार्यक्रम अन्तरगतको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रममा सहभागीहरुले पालिका भित्रका पाँच वटै वडामा नियमित सवारी साधन सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरेका छन् । वडा नम्बर ५ कुसुन्देका स्थानीयबासी बिष्णुदत्त अधिकारीले सडक यातायातलाई निरन्तर सूचारु गर्न गाउँपालिकाले हेरालु राख्न सुझाव दिनुभयो ।
त्यस्तै कृषि शाखाबाट बोटविरुवा वितरण गर्दा आबश्यकताका आधारमा गर्न, पालिका भित्रका खेती योग्य जमिन र अहिले खेती भइरहेका तथा खेती नभई बाँझो जमिनको डाटा तयार पार्न पनि आग्रह गर्नुभयो । सहभागीहरुले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारका क्षेत्रमा सकारात्मक काम गरिरहेको भन्दै प्रसंसा समेत गरेका थिए । सहभागीहरु उठेका प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले दलित समुदायको उत्थानका लागि नमुना दलित बस्ती कार्यक्रम कार्यान्वयन गरीरहेको छ ।
उहाँले गाउँपालिका सवैको लागि हो भन्ने बनाउने गरी गाउँपालिकाले काम गर्दै आएको उल्लेख गर्नुभयो । अध्यक्ष देवकोटाले अजिरकोटमा गर्ने बिकास माओवादी, काग्रेस एमाले लगायतका सवै दलका लागि पनि भएको भन्दै दल गत आग्रह र पूर्वाग्रह लिन थालिएको पालिका भित्र बिकासले गति लिन नसक्ने बताउनुभयो ।
उहाँले स्थानीय सरकार सञ्चालनमा बित्तिय सुशासन, सेवाप्रवाहमा सहजता र सरलता तथा पारदर्शिता कायम गराउन गाउँपालिकाले त्यस तर्फ विशेष ध्यान दिएको जानकारी दिनुभयो । अध्यक्ष देवकोटाले नीति तथा कार्यक्रम, योजना र बजेट निर्माणका लागि सवै सरोकारवालहरुसंग छलफल गरेको काम गरेको बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले न्यायिक समितिको संयोजक हैसियतले समितिले सक्दो काम गर्दै आएको बताउनुभयो । उहाँले पालिका भित्रका बिकास निर्माणका योजनाहरुलाई आफ्नो क्षेत्राधिकार भित्र रहेर अनिवार्य अनुगमन गर्दै गरेर मात्र भुक्तानीका लागि स्विकृत गर्दै आएको स्पस्ट पार्नुभयो ।
सार्वजनिक सुनवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज अवस्थीले कर्मचारीहरुले सेवाका क्रममा बदनियतपूर्ण कार्य गरेको पाइए कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नागरिकहरुले दिएको राय सुझावलाई मनन गर्दैै गाउँपालिकाले प्रदान सेवा गर्ने सेवा सुबिधालाई सरल र सहज बनाउदै लैजाने समेत बताउनुभयो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासयिक अधिकृत अवस्थीले गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बित्तिय प्रगती विवरण सार्वजनिक गर्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा शाखाका प्रमुख सिताराम पन्त, स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्ट, कृषिशाखाका प्रमुख समिर पोखरेल, महिला तथा बालबालिका शाखाकी प्रमुख सन्जु लामिछानले लगायतले आ–आफ्ना शाखा अन्तरगत उठेका प्रश्नको जवाफ दिनुभएको थियो । सोच नेपाल मिडिया एण्ड एड्भटाइजिङ प्रा.लिको समन्वयमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब ९६ जनाभन्दा बढी पालिकाबासीहरुको सहभागिता रहेको थियो ।