Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भिमसेन थापा गाउँपालिका – ७ ज्यादुल खोलामा डाईभर्जन पुल निमार्ण सम्पन्न


1.1K
Shares

भिमसेन थापा गाउँपालिका – ७ ज्यादुल खोलामा डाईभर्जन पुल निमार्ण सम्पन्न

गोरखा, ३० असार । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर–७ ज्यादुल खोलामा डाईभर्जन पुल निमार्ण सम्पन्न भएको छ । बर्खायाममा सवारी साधन आवतजावत गर्ने कठिनाई भोग्नु परेको ज्यादुखोलामा गाउँपालिकाको बिशेष पहलमा प्रदेश सरकारको ३५ लाख बजेट बिनियोजनले डाईभर्सन पुल निमार्ण सम्पन्न गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बर्खाको समयमा खोलाको पानी ठुलो हुने हँुदा सवारी साधन आउ जान गर्ने निकै समस्या हँदै आएकोमा डाइर्भसन पुल निर्माण भएपनि आउजाउका लागि सजिलो भएको उहाँको भनाई छ । खोलामा ७ वटा ठूला हिम पाईप जडान गरी डाईभर्जन पुल निमार्ण गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । खोलामा पुल नहँदा बर्खायाममा खेत बारीमा काम गर्नका लागि ओहोर दोहोर गर्नका लागि समेत स्थानीयबासीहरुलाई कठिनाई हुदै आएको थियो ।

‘पुल निमार्ण गर्न गाउँपालिकासंग हामीले पटक पटक माग गदै आएका थियौ, स्थानीयबासी जीवन कुमालले भन्नुभयो, ‘तर अहिले माग सुनुवाई भएर पुलको काम पनि सम्पन्न भएको छ ।’ उक्त पुल हुदैँ घाटेवेसी देखि गोरखा सदरमुकाम, घाटेवसीदेखि बेनिघाट, काठमाण्डौसम्म नियमित यात्रुबाहक बस तथा अन्य मालबाहक सवारी साधनहरु चल्ने गर्दछ ।

खोलमा ७ वटा हिम पाईप, ढुङगा र जाली अस्थायी डाइभर्सजन पुल निर्माण गरिएको हो । बर्खाका बेला खोला बढेपछि वारीपारी गर्न खोला घट्नै पर्ने बाध्यता भोग्दै आएका स्थानीयबासीह पुल निमार्ण भएपछि खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology