Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सडक विकासमा पालुङटार नगरपालिकाको बिस योजना प्राथामिकतामा


1.4K
Shares

सडक विकासमा पालुङटार नगरपालिकाको बिस योजना प्राथामिकतामा

गोरखा २७ असार । सडक पूर्वाधार विकासका लागि गोरखाको पालुङटार नगरपालिकाले बिभिन्न २० वटा सडक निर्माण र स्तरोन्नतीका योजनालाई प्राथामिकतामा राखेको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को स्विकृत बजेटमा संघ र प्रदेश सरकारको तर्फबाट बजेट परेका बाहेक थप २० वटा सडकका लागि बजेट बिनियोजन गरेको नगरप्रमुख बिबस चिन्तनले जानकारी दिनुभयो ।

नगरपालिकाले हात्तीगौडा कोषगाडे सडक स्तरोन्नती, ज्योतिचौतारा खोप्लाङ भन्ज्याङ सडक स्तरोन्नतीका लागि १०÷१० लाख रुपैया बिनियोजन गरेको उहाँले बताउनुभयो । त्यस्तै बज्रे डाँडा भित्री बाटो ढलानका लागि ७ लाख, जुम्ली नौविसे कृषि सडकका लागि तीन लाख, गुन्टार बिराबारी आँपपिपल सडकका लागि एक्काईस लाख रुपैया बिनियोजन गरेको नगरप्रमुख चिन्तनले बताउनुभयो ।

नगरपालिकाले चैते फेदी ठुकरी गाउँ सडक निर्माण, गौडा पुरानो डी सडक स्तरोन्नती, आयुर्वेद पारीबारी सडक निर्माणका लागि ९÷९ लाख, मार्गदर्शन टोल राधाकृष्ण मन्दिर सडक कालोपत्रेका लागिका ३० लाख रुपैया बिनियोजन गरेको उहाँले बताउनभयो ।

सडक पूर्वाधारका बिकास अन्र्तगत चिसा खोला तिलाराम भन्ज्याङ सडक निर्माणका लागि १० लाख, जरुवा ठाँटी देवकोट गाउँ सडक निर्माणका लागि ७ लाख, कालामाटा तालपोखरी ठाडो बाटो निर्माणका लागि ८ लाख, जोग्दीखोला डोटीपिपल विरुवाटार सडक निर्माणकाका लागि १५ लाख रुपैया नगरपालिकाले बिनियोजन गरेको छ ।

त्यस्तै सिद्ध मा.वि झाक्रा सडक निर्माणका लागि नगरपालिकाले ७ लाख रुपैया बिनियोजन गरेको छ भने डुम्री चौर मरे गौडा सडक निर्माणका लागि १० लाख, लामागार धडेरी खोला हात्ती गौडा सडक निर्माणका लागि १५ लाख रुपैया नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बिनियोजन गरेको नगरप्रमुख चिन्तनले बताउनुभयो ।

नगरपालिकाले उपल्लो सेरा सिस्नेरी गुरुङ गाउँ सडक निर्माणका लागि १० लाख, तीनघरे ठूलोगाउँ जोड्ने सडक बाटोका लाग ११ लाख, जनता मा.वि प्रवेशद्धार निर्माणका गर्न ५ लाख रुपैया बिनियोजन गरेको छ भने रातमाटो गुरुङगाउँ सडक निर्माणका लागि ४ लाख रुपैया बिनियोजन गरेको उहाँको भनाई छ । यस वाहेक पालुङटार नगरपालिका भित्र सडक पूर्वधारको बिकासका लागि लुईटेल ओप्री कालामाटा सडक संघिय सरकारको समपुरक योजना अन्र्तगत ८० लाख रुपैया बजेट बिनियोजन भएर आएको छ ।

त्यस्तै बोहोरे खोला चेपे, खारखोला तातोपानी हुदैँ पालुङटार नगरपालिका वडा नम्बर ८ र गोरखा नगरपालिका ४ अधेरी जोड्ने सडक निर्माणका लागि पनि संघिय सरकारको सशर्त अनुदानबाट ५० लाख रुपैया बजेट बिनियोजन भएर आएको नगरप्रमुख चिन्तनले जानकारी दिनुभयो । उक्त सडक निर्माणका लागि नगरपालिकाले १० लाख रुपैया साझेदारी गर्ने गरी बजेट बिनियोजन गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology