Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


952
Shares

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, २६ असार  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लामजुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको निधन भएको छ । प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology