गोरखा, २६ असार । नेपाल समाजवादी मोर्चा गोरखाले बिभिन्न ५ बुदेँ माग सहित जिल्ला प्रसासन कार्यालय गोरखालाई ज्ञापन पत्र बुझाएको छ । मोर्चाले नागरिकहरुको दैनिक क्रियाकलापसंग जोडिएका समस्याहरुको तत्काल समाधानका लागि ध्यानाकर्षण गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा मिटर व्याज पिडितलाई न्याय दिलाउन बनेको बिद्येयक पारित हुन नपाउँदा समग्र पिडित समुदायमा चिन्ताको वातावरण बनेको भन्दै मिटर व्याज पिडितहरुको न्यायका लागि आवश्यक पहलकदमीमा कमी हुन नदिन अनुरोध गरेको छ । गृहमन्त्रालयले मिटरव्याज पिडितहरुका बिरुद्ध कारवाही नरोक्ने प्रतिवद्धता निकै सकारात्मक भएको भन्दै मोर्चाले जिल्ला पनि पिडितको पक्षमा लाग्न प्रसासनलाई आग्रह गरेको छ ।
ज्ञापन पत्रमा बर्खायामका बेला जिल्ला भित्रका अधिकासं मुख्यमूख्य सडकहरु चल्न सक्ने अबस्थामा नरहेको भन्दै मोर्चाले निर्माण व्यवासायीहरुको लापरवाही र ढिलासुस्तीका कारण समस्या भएको भन्दै लापरवाही गर्ने ठेकेदारलाई कारवाहीमा ल्याउन माग गरेको छ । मोर्चाले मूख्यमूख्य सडक बर्खायाममा पनि सुचारु गर्न माग गरेको मेर्चाका प्रतिनिधि तथा नेकपा माओवादी केन्द्र गोरखाका संयोजक बिष्णुप्रसाद भट्टले बताउनुभयो ।
पछिल्ला वर्षहरुमा राज्यका लगानीका कारण सडकहरु विस्तारै पिच तथा ग्रावेल हुँदै स्तरीय भइसकेको अबस्था समेत जिल्ला भित्रका धेरै स्थानमा कच्ची सडकको भाडादर कायम रहेको भन्दै आवश्यक छलफल गरी भाडादर समायोजन गर्न पनि माग गरेको छ । ‘राज्यको करोडौं लगानीबाट सडक सुधार हुँदा समेत भाडादरमा पुनः समायोजन नहुनु, जनताले महंगो भाडा दर तिर्नपर्नु दुखको कुरा हो, ज्ञापन पत्रमा भनिएको छ, त्यसैले तत्काल भाडा दर समायोजन गर्न जोडदार माग गर्दछौ ।’ ज्ञापन पत्रमा पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेका कारण जनताले आहात भोग्नु परेको भन्दै प्रसासनल व्यवस्थित बजार अनुगमन गरी गैर कानुनी गतिविधिलाई रोक्नु पर्ने उल्लेख गरिएको छ ।
त्यस्तै गोरखा वजार लगायतको जिल्लाका अधिकांश भूभागमा लगातार विजुली बत्ती गईराख्ने समस्याबाट जनताले समस्या भोग्नु परेको, गोरखा बजार क्षेत्रमा सहज खानेपानी आपूर्ति नहुँदा जनता चर्को मारमा परेकाले समस्या समाधानका लागि प्रसासनले आवश्यक पहल र समन्वय गर्नुपर्ने माग मोर्चाले गरेको छ ।
ज्ञापन पत्रमा मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र तपर्mवाट जिल्ला संयोजक भट्ट, नेकपा (एकिकृत समाजवादी) गोरखाका अध्यक्ष यवाद बस्नेत,. जनता समाजवादी पार्टी नेपाल गोरखाका अध्यक्ष कुलमान गुरुङ र नेपाल कम्युनिष्ट पार्टी गोरखाका जिल्ला सेक्रेटरी माया सीको हस्ताक्षर रहेको छ ।