मकवानपुर २४ असार । मनहरीको नयाँ बस्तीमा २ वटा ट्रक एक आपसमा ठक्कर खादा गोरखाका १ जना सहित ३ जनाको ज्यान गएको छ । मनहरी गाउँपालिका–६ को नयाँ बस्ती भएको दुर्घटनामा परी गोरखा गण्डकी गाउँपालिका–२ गोर्दीटार निवासी सुमन चेपाङ सहित ३ जनाको ज्यान गएको हो ।
दुर्घटनामा हेटौडाबाट चितवन तर्फ आउदै गरेको ना। ६ ख ६६६७ नम्बरको ट्रक र चितवनबाट हेटौडा तर्फ जादै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको थियो । शनिबार भएको उक्त दुर्घटनामा परी चितवन राप्ती नगरपालिका–८ का रिहान रुम्बा तामाङ र मकवानपुर मनहरी गाउँपालिका–३ का अमृत अमृत प्रजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटना लगत्तै दुवै ट्रकमा आगलागी भएको पनि प्रहरीले जनाएको छ । ज्यान गुमाएका चेपाङ भने ट्रकको सहचालक भएको पुष्टी हुन आएको छ । फाइल फोटो