दैलेख २३ असार । भैँसीको जिउले च्यापिएर वडासचिवको ज्यान गएको छ । दैलेखको नारायण नगरपालिका–१० का वडा सचिवको भैसीको जिउले च्यापिएर ज्यान गएको हो । वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर ५५ वर्षीय चक्रबहादुर कटुवालको ज्यान गएको हो ।
गम्भीर घाइते हुनुभएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक ९डीएसपी० किशोर लम्सालले जानकारी दिनुभयो ।