Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

संसदमा उठाएका जनताका समस्या सरकारले सुन्दैन : सांसद बजगाई


1.6K
Shares

संसदमा उठाएका जनताका समस्या सरकारले सुन्दैन : सांसद बजगाई

गोरखा, २३ असार ।  गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईले साँसदहरुले संसदमा उठाएको जनताका समस्यालाई सरकारले नसुन्ने गरेको बताउनु भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले गोरखा सदरमुकाममा आज आयोजना गरेको दुरसञ्चार सेवाको गुणस्तर सम्बन्धमा सरोकारवालाहरुको भूमिका चुनौती र सम्भावना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संसदमा जनताको पक्षमा सांसदहरुले उठाएको बिषयलाई पनि सरकारले सुने नसुने गर्ने गरेको बताउनु भएको हो ।

‘मैले सांसदको हैसियतले सरकारलाई नागरिकहरुका समस्या लगायतका बिषयमा धेरै बिषय उठाइरहेको हुन्छु तर सरकारले ति बिषयहरुलाई ध्यान नै दिदैन, सांसद बजगाईले भन्नुभयो, ‘तपाई कर्मचारीहरुले बोलेका उठाएका बिषयहरु पनि कसरी सम्बोधन हुन्छ होला र ।’ उहाँले नेपाल दुरसञ्चार प्राधिकरणमा समेत राजनीति दलका नेताहरुको प्रभाव बढी पर्ने भएकाले प्राधिकरणले स्वतन्त्र ढंगले काम गर्न नसकेको बताउनुभयो ।

सांसद बजगाईले नेपाल दुरसञ्चार प्राधिकरणले सेवाग्राहीहरुलाई प्रदान गर्ने सेवा सवै नागरिकहरुलाई समान हुनुपर्नेमा जोडदिनुभयो । ‘उत्तरी गोरखाको बिकट चुमनुब्री गाउँपालिकामा मात्र नभएर शहर र मुख्य राजमार्गमा पनि टेलिकमको नेटवर्क समस्या छ, उहाँले भन्नुभयो, ‘यसलाई सुधार गरेर सेवाग्राहीले पैसा तिरेपछि सुविधा पनि पाउनुपर्छ ।’

उहाँले देशभरीका सवै विद्यालयहरुमा नेपाल टेलिकमले गुणस्तरीय इन्टरनेट सेवा बिस्तार गर्न नसक्दा विद्यालयलाई प्रविधिमैत्री बनाउन नसकिएको बताउनुभयो । चुमनुब्री लगायतका बिकट क्षेत्रमा टावर राख्ने तर मर्मत नगर्ने गरेकाले पनि बिकट क्षेत्रमा नेटवर्कमा समस्या आउने गरेको सांसद बजगाईको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology