गोरखा २३ असार । गोरखा नगरपालिकाका मेयर कृष्णवबहादुर रानामगर राष्ट्रिय निर्देशन समितिको सदस्यमा चयन हुनु भएको छ । मेयर रानालाई यहीँ असार ७ गते मन्त्री स्तरीय निर्णय अनुसार मनोनित गरिएको हो ।
यो समितमा देश भरिका ७५३ वटा पालिकाबाट जम्मा ८ जना मनोनित हुने गरेका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत प्रदेश तथा स्थानीय शासन प्रणााली र प्रकिया एंवम अन्तर सरकारी सम्बन्ध सुद्विढ गरि नागरिकको लागि सहकारी संघियताको लाभहरु अभिबृद्वि गराउने तथा स्थानिय तहमा क्षमता अभिबृद्वि गरी नागरिक सेवा र बिकास ब्यबस्थापनलाई प्रभाबकारी बनाउने उदेश्यका साथ आर्थिक बर्ष २०७६÷२०७७ बाट यो कार्यक्रम सञ्चालित हुँदै आएको छ ।
प्रदेश तथा स्थानीय शासनको सहयोग कार्यक्रमको संघियमामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री अध्यक्षतामा रहदै आएको मन्त्रालयले जनाएको छ ।