Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा लम्पी स्किनले गोरु मर्न थाले, रोपाईँका लागि ट्रयाक्टर खोज्न भौतारिदैँ किसानहरु


868
Shares

गोरखामा लम्पी स्किनले गोरु मर्न थाले, रोपाईँका लागि ट्रयाक्टर खोज्न भौतारिदैँ किसानहरु

गोरखा, २३ असार । असारको अन्तिम साता सुरु भइसक्दा पनि गोरखाका किसानहरुले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् । मानो खाएर मुरीउब्जाउने बेलामा बर्षभरी खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसानहरुलाई अफ्यारो परेको हो । लम्पी स्किन रोगका कारण गोठमा पालेको गोरु मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका—३ फुजेलका बिष्णुप्रसाद पन्तले दुःखेसो पोख्नुभयो ।

‘रोपाइँ गर्ने बेलामा गोठमा पालेको गोरु म¥यो, उहाँले भन्नुभयो, ‘अरुलाई मेला ल्याइदिनु प¥यो भनेर जाँदा कोहीको गोठमा गोरु बिरामी छ भने कोहीलाई फुर्सद नै छैन ।’ लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बन्नु भएका पन्तले अब रोपाइँ गर्नका लागि ट्याक्टर खोज्न थालेको बताउनुभयो ।

रोपाइँ गर्ने बेलामा गाउँमा रोगका कारण गोरु मर्न थालेपछि किसानहरुलाई कसरी रोपाइँ गर्ने भन्ने चिन्ता थपिएको पन्तको भनाई छ । ‘रोपार लगायतका अरु खेताला पनि अहिले पाउन गाह्रो छ, उहाँले भन्नुभयो,‘त्यसमाथि पनि गोरु पाल्ने किसान त आजभोली धेरै कम छ, भएको गोरु पनि रोगले मर्न थालेपछि अब खेत कसरी रोप्ने भन्ने चिन्ता थपिएको छ ।’ उहाँले गोरु नपाए अब ट्याक्टर नै लगाएर भएपनि रोपाइँ गने बताउनुभयो ।

लम्पी स्किन रोगले गोरु मरेपछि शहीद लखन गाउँपालिका–६ घैरुङका किसानहरुलाई पनि रोपाइँ गर्न समस्या भएको स्थानीय कृषक चेतबहादुर गुरुङले बताउनुभयो । ‘कसैको हल गोरु नै मरेको छ, कसैको एउटा मरेर हलपाटे बनेको छ, उहाँले भन्नुभयो, ‘जसको गोठमा गएपनि गोरु बिरामी छ भन्ने मात्र जवाफ आउछ गोरु नपाएर अहिलेसम्म खेत रोप्न पाएको छैन ।’

उहाँले गोरुको अभावमा किसानहरुले ट्याक्टर खोजेर रोपाइँ गर्न थालेको बताउनुभयो । ‘ हाते ट्याक्टर लगाएर भएपनि रोपाइँ गर्नुप¥यो भनेको तर खै त्यो पनि बेलामा पाइदैन, गुरुङले भन्नुभयो, ‘ पाइहाले पनि अग्ला अग्ला काल्ला भएका गह्राहरुमा उकाल्न ओराल्न कठिन हुने भएकाले गाह्रो हुन्छ कसरी लगाउन हो ।’ गुरुङले लम्पी स्किन रोगका कारण गोरु मर्न थालेपछि किसानहरु अहिले रोपाइँका लागि ट्याक्टरको खोजीमा भौतारिने गरेको बताउनुभयो ।

गोरखा जिल्लामा पछिल्लो समय लम्पी स्किन संक्रमण व्यापक रुपमा फैलदै गएको भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखाले जनाएको छ । जिल्ला भित्र अहिलेसम्म ८ हजार ३ सय ३९ पशुबस्तु लम्पी स्किन रोगबाट संक्रमित भएका छन् भने एकसइ ४ वटा गोरु मरिसकेको केन्द्रका प्रमुख डा. शर्मिला कुमालले बताउनुभयो ।

गोरखाका जिल्लाको ११ वटै स्थानीय तहहरुमा लम्पी स्किन रोगको संक्रमण फैलिएको उहाँको भनाई छ । रोगका कारण अहिलेसम्म पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका र शहिद लखन गाउँपालिकामा धेरै गोरुमा मरेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology