Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मोतियाबिन्दुका बिरामीको निःशुल्क आँखाको शल्यक्रिया


1.9K
Shares

गोरखामा मोतियाबिन्दुका बिरामीको निःशुल्क आँखाको शल्यक्रिया

गोरखा, २३ असार । गोरखाका बिभिन्न गाउँपालिकाहरुमा भएका आँखा शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गर्न सिफारिस भएका बिरामीहरुकोे निःशुल्क शल्यक्रिया गरिएको छ ।

गोरखा आँखा उपचार केन्द्रमा सिफारिस भएर आएका २५ जना बिरामीहरुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्रका प्रशासकिय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

शल्यक्रिया गरिएकाहरुमा १६ जना महिला र ९ जना पुरुष रहेको उहाँले बताउनुभयो । शल्यक्रिया शिविरमा आँखाको शल्यक्रिया गर्नेहरु ५० देखि ९० बर्षसम्मका रहेको अधिकृत अर्यालको भनार्ई छ । हिमालय आँखा अस्पताल पोखराका बिशेष चिकित्सक आशिष जमरकट्टेलको नेतृत्वको टोलीले बिरामीहरुको आँखाको शल्यक्रिया गरेको उहाँले बताउनुभयो ।

बिशेषज्ञ चिकित्सक सहित टोलीमा ५ जनाको सहभागिता रहेको थियो । शिविरमा आँखाको शल्यक्रियाका लागि गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिदलखन गाउँपालिका,भीमसेनथापा गाउँपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाबाट बिरामीहरु आएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology